काठमाडौँ, ९ साउन । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९५हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।