साताको अन्तिम दिन सेयर बजार हरियो

काठमाडौँ, ८ साउन । साताको अन्तिम कारोबार दिन सेयरबजार हरियो भएको छ । आज नेप्से परिसूचक १०.१३ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७४ अंकले बढेको हो ।

आज १ अर्ब ३२ करोड ७१ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेका अनुसार १ सय ८७ कम्पनीको कारोबार भएकामा ३३ लाख ९२ हजार कित्ता सेयर बिक्री भएका छन् । आज २८ हजार ६ सय ४९ पटक खरिदबिक्री भएका थिए ।

कुल १२ समूहको कारोबार भए पनि १० वटाको कारोबार सूचक हरियो हुँदा म्युचुअल फन्ड र विकास बैंकको सूचक रातो भएको छ । आज दुईवटा कम्पनीको १० प्रतिशतले र तीनवटाको ९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै सेयर मूल्य घट्ने कम्पनीहरुमा भने अधिकतम ५.३६ प्रतिशतसम्मले घटेको छ । आज तारागाउँ रिजेन्सी होटलको सेयर २१ रुपैयाँ प्रतिकित्ताले र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको प्रतिकित्ता ६२ रुपैयाँले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना

काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत कर्मचारीहरुलाई कार्यालय समयमा निजी संस्थामा काम नगर्न

काठमाडौँ, १२ वैशाख । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था

काठमाडौँ, १२ वैशाख । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ