ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ३ दिनमै दिने

काठमाडौँ, ६ साउन । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।

कर्जा लिन चाहने महानुभावहरूले आवश्यक कागजात बैंकमा पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२