काठमाडौँ, ४ साउन । आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएपछिको पहिलो शेयर कारोबारमा उछाल आएको छ । आइतबार बजार खुलेको १ घण्टामै शेयर बजार ६ प्रतिशतले बढेपछि दिनभरिका लागि शेयर बजार बन्द भएको छ ।
आइतबार बजार खुलोको ६ मिनेटमा नै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेकर लाखेको थियो र २० मिनेटका लागि बजार बन्द गरियो ।
११ बजे खुलेकाे बजार १२ बजेर ८ मिनेटमा बन्द भएकाे हाे । यस दिन कुल ६ कराेड २५ लाख ६६ हजार रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । सबै सूचक बढेर हरियाे बनेकाे छ ।





