बैंङ्कले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्थालाई थप कडा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जामा थप कडाइ गर्दै गरेको हो।

अब बैङ्कहरूले कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । १० प्रतिशत लगानी पनि अधिकांश बैङ्कहरूले पुर्‍याउन नसकेर राष्ट्र बैङ्कले कारबाही गर्दै आएको छ ।

कृषि क्षेत्रमा गरिने लगानीको अगुवाइ कृषि विकास बैङ्कले गर्ने भएको छ । यो बैङ्क नेपाल सरकारको बहुमत सेयर भएको बैङ्क हो । मुलुकमा सञ्चालित २७ वाणिज्य बैङ्कहरूमध्ये कृषि विकास बैङ्कले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता