सागर शर्मा
नेपालको इतिहासमा भारतको भक्ति गाएर राजनीति गर्न सक्ने जुनसुकै पार्टीका नेताको खोजी गर्ने हो भने नेपालमा राष्ट्रवाद भन्दा पनि भारतवाद नै धेरै रहेका छन् । हुनत भारतको मानो खाएर नेपालको गीत गाउँन नै कहाँ सकिन्छ र ?
करोडौं नेपालीको चाहना हो भारतभक्ती प्रवृत्तीलाई अन्त्य गर्ने सम्भावना बोकेको कम्युनिष्ट पार्टी मात्रै हुन सक्छ । हिजो भारतीय दलाल र विस्तारवादको विरुद्धमा हजारौंको बलिदानी गर्न सफल भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज आएर भारतवादको धुपौरे बन्नु लज्जास्पद हो । तर त्यो जनतालाई मात्र हो लज्जा र शरम लाग्ने । नेतालाई त कुर्सी र आफ्नो सात पुस्तालाई पुग्ने दक्षिणा पाएपछि तई चुप मई चुप ।
जनतालाई ठूला ठूला सपना देखाएर पार्टी तथा राज्यका महत्वपूर्ण जिम्मेवारी संहालेका नेताले छेपारोले रंग फेरेजस्तै दिनहुँ जस्तो भारतले दिएको आदेशमा नेपालमा हलचल ल्याउनु नेपाली जनताको भाग्य र भविष्यमा खुर्सानिको धुलो हाल्नु नै हो । यसरी नै भारत भक्ति र लालतको चेहराले छोपेको अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपालको राष्ट्रवाद र आदर्शवाको मुखुण्डो अब त नेपाली जनताले छर्लङ्ग नै देखे । अब व्यवहारीक रुपमा उनीहरुले राष्ट्रवादको कपडा लगाउनु भन्दा खोलेर नै हिडेको स्पष्ट भयो ।
भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा ल्याउनु प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको ठूलो अभिसाप नै भयो । नक्सामा मात्र हैन, संविधानमा नै समावेश भयो । नागरिकता विधेयक पारित हुने गरी अघि बढ्यो । धार्मिक तथा सांस्कृतिक रुपमा भारतले अतिक्रमण गरेका कुराहरु ओलीले तथ्यगत रुपमा खोले । यो त प्रचण्ड र माधवलाई ध्यु खादाँ नपचे जस्तै भयो । एका एक राष्ट्रवादका कुरा हैन, व्यवहारमा नै आउन थाले पछि भारतको दाना पानी सुक्ने सम्भावना भयो दुई नेतालाई । त्यसैले अहिले नै दुई नेतले ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष हटाउनु नै पर्ने भयो ।
प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न हरप्रयास गरिरहेको छ भनि अभिव्यक्ति दिदाँ प्रचण्डले भारतले हैन मैले भनेको हो भन्ने धम्की जनयुद्धमा मारिएका हजारौं नेपालीको रगतले नै होला, त्यो भन्ने आँट आएको । जे होस्, जनताको रगतले नेता बनेकालाई मोज छ, कमाई धमाई राम्रै छ, जनताको भाग्य र भविष्यको त के चिन्ता ?
मर्दाको मलामि र वाँच्दाको जन्ती हुनुपर्छ भन्ने पुरानो उखानले यहाँ आएर भारतीय दलाली नेतासँग मेला खायो । व्यवहारिक रुपमा सरकार तथा पार्टी भित्र भएको विवादलाई लिएर गरिएको द्वन्द्वमा प्रचण्ड–माधवको व्यवहार भारतको अंशियार दाजुभाई भएजस्तै गरी प्रस्तुत भएको देखिन्छ । भारतको अंशियार दाजुभाईलाई नेपालको राष्ट्रियताको के मायाँ हुन्छ र ? नेपाली जनताले के आशा गर्ने यस्ता नेतृत्वबाट ?
जुंगाको लडाई गर्ने पार्टी तथा नेतृत्वले जनताले दिएको मतलाई समेत वर्षाको खहेरे खोलामा बगाए जस्तो अनुभुत हुन थालेको छ । जनताको भाग्य र भविष्य माथि नेतृत्वल कुठाराधात गर्ने कुचेष्ठा नगर्नुस् । कुर्सीको लडाईले तपाईलाई त भारत परस्त भएर फाईदा पुग्ला तर नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाधिनतालगायतका कुराहरुलाई कुुर्सी र दानापानीको भरमा नसाट्नुस् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पाउने लोभमा फसेर पार्टी भित्र गरिने यस्तो हर्क गर्नेलाई नेपाली जनताले के विश्वास गर्ने ? जनताको भावनामा चोट पुर्याउने काम नगर्नुस् ।
काठमाडौँ






