काठमाडौँ, २५ असार । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीको प्रादेशिक कार्यालय धनगढीबाट बीमा गर्नु भएका बीमित स्व. जगदिश कुमार भट्टको मिति २०७६/११/०८ मा उपचारको क्रममा निधन भएको व्याहोरा जानकारी गराई आवश्यक कागजात पेश गरि बीमितका श्रीमती मन्जु कुमारी भट्टले दबी भुक्तानी निवेदन पेश गर्नु भएको थियो ।
कम्पनीले यथाशिघ्र दाबी सम्बन्धि आफ्नो सम्पूर्ण प्रकृया पुरा गरी, हालको अवस्थालाई मध्यनजर गर्दै धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले दाबी रकम रु २ लाख तथा बोनस रकम रु ९ हजार ८ सय गरी जम्मा दाबी रकम रु २ लाख ९ हजार ८ सय दाबीकर्ता श्रीमती मन्जु कुमारी भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गर्नुभयो ।