काठमाडौँ, २२ असार । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ७ सय६० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी स्थिर रह्दै प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





