रिलायन्स लाइफले ६३ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौँ, २१ असार । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

२०७४ मंसिरबाट नयाँ जीवन बिमा कम्पनीका रूपमा सञ्चालनमा आएको कम्पनीले ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता साधारण सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न बोर्डमा अनुमति माग गरेको छ ।  हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले