निम्नमध्यम आय भएका सूचीमा नेपाल उक्लियो

काठमाडौँ, १९ असार । नेपाल निम्न आय (लो इन्कम) भएको मुलुकबाट निम्नमध्यम आय (लोअर मिडल इन्कम) भएको मुलुकको सूचीमा उक्लिएको छ ।

विश्व बैंकले देशहरुको आयमा आधारित वर्गीकरण फेबदल भएका १० देशको सूची सार्वजनिक गरेकोमा नेपाल स्तरोन्नति भएकाहरूको सूचीमा परेको हो ।

नयाँ वर्गीकरणअनुसार नेपाल मध्यम आय भएको मुलुक बनेको छ । सार्वजनिक विवरणअनुसार नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ९० डलर छ । यो गत वर्षको जुलाइ १ तारिखको भन्दा १ सय ३० डलर बढी हो । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो ।

विश्व बैंकको वर्गीकरणमा १ हजार ३६ डलरभन्दा बढी प्रतिव्यक्ति आय भएका देश निम्नमध्यम आय वर्गमा पर्छन् । विश्व बैंकका अनुसार नेपालसहित तान्जिनिया र बेनिन यो वर्गमा उक्लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको