काठमाडौँ, १६ असार । आज सुन मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६८ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।