उपेन्द्र केसी
विभाजित राजनीतिक दलका कम्युनिष्ट, कांग्रेस वा मधेशवादी जो कोही आमनेपालीको मनमा यतिबेला कालापानी दुखेको छ । लाग्छ, दुखाईको पीडा पनि समान छ । एकपटक होइन, पटक–पटक सीमा अतिक्रमणको हामीलाई पीडा दिएर भारतले रुवाएको मात्रै छैन, अपमानको तितो विष पिउन वाध्य बनाउँदै आएको छ । हामी उसको हेपाह, पेलाह र शनकपूर्ण दादागिरीका सामु जहिले झुक्न वाध्य भएका छौं ।
जब–जब हाम्रो मुलुक सकस र संकटमा हुन्छ होे, ठीक त्यति नै बेला भारतले हामामाथि घात गर्दै आएको छ । मुलुक कोरनासंग संघर्ष गर्दै छटपटाईरहको बेला उसले हाम्रो भूमिमाथि हमला ग¥यो । असल छिमेकीले छिमेकमा संकट पर्दा सहयोग गर्ने गर्छन । तर, भारत त्यस्तो छिमेकी देशमा हो, छिमेकमा संकट आईलाग्दा सर्पले झै जिब्रो भड्काउदै छिमेकीलाई डस्ने काम गर्दै आएको छ । जहिले –जहिले भारतले हाम्रो सीमानामा अतिक्रमणको डोजर चलाउँछ, देशको राजधानी काठमाडौँमा केही समय खैलाबैला हुने गर्छ । विस्तारै त्यो समयको चापसंगै सेलाउँछ । निरन्तर सीमा अतिक्रमण हामी कमैले मात्र, भारतको हेपाह प्रवुतिको पराकाष्ठ ठान्ने गछौं । र, भारत सरकारलाई दोषी ठान्ने गरेका छौ ।
हामी मध्ये धेरैले भने भारतलाई होइन, आफ्नै सरकारतिर फर्केर औला ठडाउने गर्दै आएका छौं । र, सरकारलाई भित्तामा पुराएर आफूलाई अब्वल दर्जाको राष्ट्रवादीको विला भिराउन पछि पर्दैनौ । कुन एजेण्डामा सरकार विरोध गर्ने र कुन एजेण्डामा सरकारको समर्थनमा उँभिने हामीले भेद छुट्टाउन सकिराखेका छैन् । जुन सुकै एजेण्डामा पनि सरकारको गालीगलोज मात्रै गर्ने संस्कृतिले हामीलाई कहाँ पुराउँछ थाह छैन् । जे मा पनि आँखा चिम्लिएर विरोध गर्नु भनेको नकरात्मक मानसिकताको उपज वाहेक अर्को केही होइन् । कमिकमजोरी सबैको हुन्छ, त्यसैले गुण र दोषको आधारमा विरोध गर्ने शैलीको हामीले विकास गर्ने पर्छ ।
यो, सरकारका पनि कमि–कमजोरी छन् । सीमा सुरक्षाको विषयमा पनि सरकारको ध्याँन नपुगेको हुनसक्छ । तर, सरकारको विरोध गर्ने र यही निहूँमा सरकारलाई खुईलाउन यो समय होइन, भन्न खोजेको मात्रै हो । आफ्नौ सरकारतिर फर्केर आरोप –प्रत्यारोपको दोहोरी खेल्दै भारत सरकारलाई रमिता देखाएर गुमेको भूमी हाम्रो फिर्ता हुँदैन् । यो समय आमनेपालीहरु एकजुट भएर वाहिरी पक्ष जसले हाम्रो सीमा अतिक्रमण ग¥यो, त्यो संग प्रतिवादमा उत्रिने समय हो ।
हाम्रा, प्रवृति र हाम्रा कार्यशैली उनीहरुले राम्रैसंग बुझेकाले एकपछि अर्को गर्दै हाम्रो भूमी भारतले लुट्दै आएको छ । विरवलभद्र, अमरसिह र भक्ति थापाहरुले पानी समेत खान नपाई जोगाएको भूमी हामीले गुमाईरहेका छौं । र हाम्रो भूमीमाथि निरन्तर भारतले अतिकक्रमणको बुल्डोजर चलाउँदै आएको छ । र, हामी भने घरभित्रै एक आपसमा बाझिरहेका छौं । भारतले हामी भित्रको विवादमा खेलेर फाईदा उठाईरहेको छ ।
राष्ट्रिय मामिलाका एजेण्डाहरुमा जवसम्म हामी एक भएर उसंग प्रतिवाद गर्दैनौं, निश्चित छ, भोली हामीले हाम्रो सन्ततीहरुलाई छाडेर जाने भूमिहरु बाँकी राख्दैनौ । उसले हाम्रो भूमिरुपी छातीमाथि अतिक्रमणको बुल्डोजर तीव्रगतिकासाथ चलाईनै रहने छ । हामी भनी सधै–सधै अपमानित भएर आफ्नै सरकारलाई सराप्दै असन्तुष्टिका तितोहरु पोखिरहेका छौं । हो, यही पारालाई हामीले निरन्तरता दिने कि, आउँदा दिनहरुमा अब फरक बाटो समात्ने । हो, हामी भारतसँग लडाई लड्न सक्दैनो होला । गुमुको जमिन फर्काउन उसँग सघर्ष गर्ने अन्य तौर–तरिका छौनन् र ? हो, एकसाथ एकमना एकताका साथ लागौं असम्भव केही छैन् । असम्भ छैन भन्ने कुरा विगतमा हामीले नै देखाईसकेका छौं ।
लामो समयसम्भ भारतले नाकाबन्दी लगायो । त्यो नाकाबन्दीलाई कतिपय राजनीतिक दलका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिडिएलान भनेर नाकाबन्दी सम्म भन्ने आँट गरेनन् । तर, अत्यतै कष्टसाध्यबीच जनताले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दरो साथ दिए । चर्को अभाव र असहज जीवनशैलीका बीच पनि प्रधानमन्त्री ओलीले लिएको अडान ठिक भनिरहे । तत्कालिन प्रधानमन्त्री ओली पनि शतिसाल झै आफ्नो अडान अडिक रहिरहे । इतिहास साक्षी, अन्तत भारत झुक्न वाध्य भयो । सौभाग्यवस आज तिनै प्रधानमन्त्री ओली हामीले पाएका छौं । र, प्रधानमन्त्रीले भनिसकेका छन–भूमि फिर्ताको यो लडाईमा प्रधानमन्त्री पद तलमाथि भए पनि स्वीकारे छ । वलभद्रसिह, अमरसिह र भक्ति थापाहरुले पानी समेत खान नपाई जगाएको भूमी फिर्ता गर्न प्रधानमन्त्री पद केही होइन् । सरकारले भूमि फिर्ताको अभियानमा जुन कामहरु गर्दै आएको छ, त्यसले आशा पलाएको छ । यसैबीच नाकाबन्दीका समय भारतसँग अडान लिएकै कारण आफ्नो पद गएको खुलासा समेत ओलीले गरेका छन् ।
आउँदा दिनमा भारतको हेपाहा प्रवृतिसँग प्रतिवाद गर्ने हामी कम्तीमा पनि कृषिमा आत्मानिर्भर हुनै पर्छ । हाम्रो भारत आश्रित जीवन शैलीका कारण पनि उसले हामीलाई निरन्तर हेप्दै र पेल्दै आएको हो । हाम्रो पर निर्भर जीवन शैलीलाई हामीले बदल्नै पर्छ । कोरनाका कारण कामको खोजीमा शहर पसेका युवाहरु गाउँ फर्केका छन् । अब सरकारले गाउँ फर्केका युवाहरुलाई गाउँमै रोजगारीको अवसर सृजना गर्नुपर्छ । सरकारले गाउँबस्तीका उजाडीएका र बाँजो खेतवारीहरु हरीयालीमा रुपान्तरित गर्न कार्यक्रमहरु ल्याउनुपर्छ । त्यसो गर्न सकियो भने गाउँ फर्किएका धेरै जसो युवाहरुलाई गाउँमै रोक्न सकिन्छ ।






