पूर्ण मानव

हामी परापुर्बकाल देखि नै यात/वा भन्ने अवधारणा सिकिरहेका र सिकाईरहेका छौ । यात शरिर वा आत्मा, यात भौतिकवाद वा आध्यात्मवाद, यात भित्री खूसी वा बाहिरी खुसी आदि । हामीले जन्म र मृत्युका बीचको अमुल्य जीवनको महत्व, दिन र रातका बीचको सन्ध्या, रात र दिनका बीचको उषाको लालीको सुन्दरता र शान्तपना लाई अनुभूति गर्न सकेको देखिदैन ।

इतिहासलाई साक्षी मानेर हेर्ने हो भने पुर्वियहरूले शरिर सुकाएर आत्माप्रधान बन्ने गरेको पाइयो भने पश्चिमाहरु आत्मा सुकाएर शरिरप्रधान हूने तर्फ बढी ध्यान दिएको देखिन्छ । यसरी दुबै पक्षले आधाआधा मानवको मात्र अनुभव लिन सकेको र पूर्ण मानव बन्न चाही नसकेको देखिन्छ ।

पूर्ण मानव भनेको हामी शरिर र आत्मा दुबै बन्न सक्दछौ र भित्री तथा बाहिरी दुबै सुखहरुको अनुभूति गर्न सक्दछौ भन्ने अवधारणा हो । यस अवधारणालाई अवलम्वन गर्न सके यो विश्वलाई चीर काल सम्म सन्तुलित रुपमा अगाडी बढाउन सकिन्छ । नत्र हामीले मानिसलाई मात्र केन्द्र विन्दु मानि आकाशमा, धर्तिमा र समुन्द्रमा जतिसुकै विकास गरेता पनि अव्यावहारिक शिक्षा, अप्राकृतिक खानपिन र जीवनशैलीले गर्दा मानिसले आफ्नो विवेकका साथै वंशाणूगत गुण र शरिरको प्रतिरोधात्मक शक्ति गुमाउदै जान्छ । कालान्तरमा मानव सभ्यता र अस्तित्व नै खतरामा पर्नेछ र हाम्रो अहिले सम्मको उपलव्धीको कुनै सार्थकता हुनेछैन ।

साथै यो अवधारणाले भित्री सुख तथा शान्ति सास्कृतिक, धार्मिक तथा आध्यात्मिक मार्गबाट प्राप्त हुन्छ भने बाहिरी सुख तथा सम्बृद्धि विज्ञान तथा प्रविधिको प्रयोगबाट प्राप्त गर्न सकिने कुरामा विश्वास गर्दछ । यसले पुर्विय तथा पश्चिमी दुबै दर्शन तथा जीवन पद्धतिका राम्रा कुराहरूलाई उत्तिकै महत्व दिन्छ तापनि दुबैलाई प्रतिश्थापक नभै परिपूरकका रुपमा लिने गर्दछ ।

यसै सन्दर्भमा करिव २० बर्ष अगाडि सन १९९९ मा तेस्रो स्रहसताव्दीको पुर्व सन्ध्यामा मैले पूर्ण मानव वा तेस्रो मानव शिर्षकको एउटा पुस्तक लेखेको थिए । विविध कारणले पुस्तक छाप्न सकिएन । यस बीचमा लाइब्रेरीको कितावको थूप्रोमा हराएछ । संयोगबस अस्ति लक डाउनको अवसरमा घरमा पुराना कागज र कम्प्युटरका फाईल खोज्ने क्रममा फेला परो । अहिले विश्वले भोगिरहेको समस्याहरूको पृष्ठभूमिमा उक्त पुस्तकलाई सरसर्ती हेर्दा आफैलाई नै जीवनपयोगी होला की भन्ने अनुभुति भयो । अरु जनमानसमा पनि जीवनपयोगी हुने नहुने सर्वेक्षण गरि यदि जीवनपयोगी हुने ठहरिएमा यसलाई चाडै नै प्रकाशन गर्ने विचार गर्दैछु । यसै सन्दर्भमा हजुरहरूको प्रतिक्रिया र सुझावको पनि आशा गर्दछु ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे पश्यन्तु भद्राणीस् मा कश्चिदद्दुःखभाग्जनः ।।
सबजना सुखी रहुन । सबैजना निरोगी रहुन ।
सबैले राम्रा कुराहरु देखुन् । कोही पनि दुःखको भागी नबनोस् ।

तेज बहादुर ढकाल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि