अन्तर्राष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार सम्पन्न

काठमाडौँ, १४ माघ । नेपाल मार्शल आट्स हाप्किडो संघको आयोजनामा पर्यटकीय नगर पोखराको रंगशालामा आइतबार पहिलो अन्तराष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार सम्पन्न भएको छ ।

सेमिनारमा अमेरीकाका ग्राण्डमास्टर हि क्वान लि, अष्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीज, इरानका पुलिस हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरोले आत्मरक्षा सम्बन्धी विशेष प्राविधिक कला खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो ।

सोही अवसरमा प्रशिक्षणमा सहभागी भएका सफल खेलाडी तथा माघ ४ र ५ गते पहिलो राष्ट्रिय रेफ्री सेमिनारमा सफल रेफ्री तथा प्रशिक्षकहरुलाई ग्राण्ड मास्टरहरुबाट प्रमाणपत्र प्रदान गर्नु भयो । गण्डकी मार्शल आट्स हाप्किडो संघ र कास्की मार्शल आट्स हाप्किडो संघको संयुक्त व्यवस्थापनमा आयोजित समापन कार्यक्रममा नेपाल मार्शल आर्टस हाप्किडो संघका अध्यक्ष तथा ग्राण्डमास्टर कालीबहादुर घर्तिमगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा कास्की जिल्लाका अध्यक्ष मदन जिसीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा रेफ्री सेमिनारका प्रशिक्षक तथा केन्द्रीय संघ उपाध्यक्ष सुस्मिता गुरुङ, प्रशिक्षक भुवन मगर,कास्की जिल्लाका विशिष्ट व्यक्तित्वहरु लगायत गण्डकी जिल्ला समितिका एम वि आस्था, उपाध्यक्ष तारा थापा, भक्तपुर मार्शल आट्स हाप्किडो संघका अध्यक्ष पद्मा खयरगोली, उपाध्यक्ष रविन श्रेष्ठको पनि उपस्थिती थियो ।

शनिबार पहिलो अन्तराष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री माननीय नरदेवी पुनले विदेशी ग्राण्डमास्टर, मास्टर लगायत नेपालका विभिन्न ४० जिल्लाबाट सहभागी खेलाडीहरुको उपस्थितीमा समुद्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रममा एक सातासम्म आत्मरक्षाका विभिन्न कलाहरु अभ्यास गरिएको कलाको प्रर्दशन शनिबारै समुद्घाटन समारोहमा प्रर्दशन गरिएको थियो । भक्तपुर मार्शल आर्टस हाप्किडो संघले बालबालिका तथा महिला आत्मरक्षाका विभिन्न कलाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा रुपन्देही, कास्की, दाङ तथा आर्मी फोर्सले पनि आत्मरक्षाका कला प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना

काठमाडौँ, २ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का

काठमाडौँ, २ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक

काठमाडौँ, १ असार । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया