हराएको कुकुर खोज्न हवाईजहाज बुकिङ, लाखौं पुरस्कार घोषणा

एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्कोमा एकजना महिलाले आफ्नो हराएको कुकुर खोज्न हवाईजहाज नै भाडामा लिएकी छिन् ।

एमिली नामकी महिलाले पालेको नीलो आँखा भएको ज्याक्सन नामको अस्ट्रेलियन शेर्फड नामको कुकुर गत डिसेम्बर १५ का दिन एउटा किराना पसलबाट हराएको थियो । कुकुर खोज्नका लागि उनले धेरै प्रयास गरिन् तर अहिलेसम्म पनि फेला परेको छैन ।

यताउता कतै खोज्दा पनि कुकुर नभेटिएपछि एमिलीको परिवारले १९ डिसेम्बरमा झण्डै सबा लाख रुपैयाँ बराबरको रकम तिरेर हवाईजहाज नै भाडामा लिए । १० डिसेम्बरका दिन उक्त जहाज सनफ्रान्सिस्को र अकल्याण्डको आकाशमा उडाएर सहरका गल्ली-गल्लीमा कतै कुकुर देखिन्छ कि भनेर खोजे । तर कुकुर भेटिएन ।

उनीहरुले हराएको कुकुर खोज्नका लागि www.bringjacksonhome.com नामक वेबसाइट नै तयार गरे र त्यसमा हराएको कुकुरबारे सबै जानकारी दिँदै कुकुर फेला पारेर बुझाइदिनेलाई लाखौँ पुरस्कारको घोषणा गरे । आफ्नो कुकुर फेला परिदिनेलाई ७ हजार डलर पुरस्कार दिने उनको घोषणा छ । उक्त कुकुरको तौलो १३ किलो छ भने कुकुर कालो, सेतो र खैरो रङका मिश्रति भुत्ला भएको छ । सो कुकुरको टिन्डर अकाउन्ट पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । विपन्न, असहाय र वेवारिसेले नि:शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष

काठमाडौँ, २८ साउन । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र

काठमाडौँ, २८ असोज । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने

जनकपुरधाम, २८ असोज । मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको