काठमाडौँ, २८ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका-१, बयरवन मा रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असोज २७ गते अपराह्न बराहक्षेत्र-१, खार खोलाका २७ वर्षीय सञ्जीव राईलाई पक्राउ गरेको हो ।
एटीएम मेसिन तोडफोड गरिरहेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





