एउटै गाईको मूल्य ४ लाख !

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो । पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो ।

यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो । नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ । अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ । प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ ।

नेपालमा विदेशी गाईबस्तु असफल भएको पृष्ठभूमि छ । २०३३ मा पनि कृषि क्रान्ति भन्दै ‘कृषि–वर्ष’ मनाउने क्रममा भारतबाट गाई, साढे, भैंसी, राँगा, बोका, बाख्रा, भेडा, गधालगायत भित्र्याउन भन्दै ठूलो रकम खर्च गरिएको थियो। तर, ती कुनै पनि पशु नेपालको हावापानी अनुकूल नभएपछि राज्यको ठूलो लगानी खेर गएको थियो । त्यति बेला कर्मचारी र मन्त्रीको मिलेमतोमा रकमको चरम दुरुपयोग भएको २०३४–२०३५ को महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

विमानबाट ढुवानी गरी चिनियाँ गाई नेपाल ल्याइपुर्‍याउँदा एउटाको मूल्य चार लाख रुपैयाँ पर्छ । एकपटकमा चार सयसम्म गाई ल्याउन सकिने बताइएको छ । चीनबाट ल्याइने होलेस्टिन फ्रिजियन जातको गाईको गाई उत्पादन केन्द्र (ब्रिडिङ फार्म) मा गाई र साँढे (बहर) वितरण गरिनेछ । सार्वजनिक निजी साझेदारीमा सञ्चालन हुने यस्ता फार्मबाट उत्पादन गरिएका गाई देशभर पुर्‍याइनेछ । चिनियाँ अनुदान सहयोगमा सञ्चालन हुन लागेको यो परियोजना कार्यान्वयन सुरु भएको चार वर्षसम्मका लागि हो । त्यस अवधिमा मुलुकका अधिकांश स्थानमा होलेस्टिन फ्रिजियन जातका गाई वितरण भइसक्ने दाबी सरकारको छ । यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ

काठमाडौँ, २९ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आदिकवि भानुभक्त आचार्यको जयन्तीले तनहूँको चुँदीरम्घास्थित भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण र

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १८७१ असार

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ