९ बर्सिय बालक स्नातक उत्तीर्ण गर्दै

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् ।

बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा अध्ययनरत लरेन्ट सिमोन नामका ९ वर्षका बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका छन् ।

उनको स्नातक पढाइ आगामी डिसेम्बरमा सकिँदैछ । शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को विद्यार्थीको संज्ञा दिएका छन् । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जिनियरिङमै पीएचडी गर्ने योजनामा छन् । पीएचडीसँगसँगै लरेन्टले मेडिकल डिग्री पनि अघि बढाउँदैछन् ।

लरेन्टको प्रतिभा पहिलो पटक उनका हजुरबुवा–हजुरआमाले पहिचान गरेका थिए । उनका अभिभावक लिडिया र एलेक्जेण्डर सिमोन्सले आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा सुरुमा नपत्याएको बताउँछन् । तर पछि लरेन्टका शिक्षकले पनि उनको प्रतिभाबारे पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँमा मनाइएको छ ।  राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका