विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

राम चन्द्र प्रजापति । जातिय स्वतन्त्रतायात क्वतेला राष्ट्रया उथान जुये फइमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन) भन्ने नाराका साथ आज ५८ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न भयो ।

विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको सभापतित्वमा भएको कार्यक्रममा विराट गुथिका सल्लाहकार कवि योगेन्द्र प्रधानको प्रमुख अतिथ्थतामा सम्पन्न कार्यक्रममा बोल्दै विराट गुथि ५८ औं सम्मेलन सव्य र भव्य रुपमा सम्पन्न गर्न सकोस् भनी कामना गर्दै भाषिक तथा साहित्यक साहित्यकारहरु विराटले धेरै जन्माएको बताउनु भयो । विराट गुथि कुनै राजनीतिक पार्टीको संस्था नभएकोले गुथिको आफ्नै उद्देश्य अनुसार अगाडी बढीरहेको छ ती उदेश्य पूरा गर्न नियमीत सकृय रहन आग्रह गर्नुभयो ।

विशेष अतिथि डा। पुष्पराज राजकर्णिकारले नेपाल भाषा प्रयोग गर्ने ठाँउ नभएर नेपाल भाषा कमजोर भएको छ । राज्यको नितिकै कारणले भाषिक पहिचान गुमाउनु परेको अवस्था भएको बताउँदै उहाँले पहिलो सविधानसभामा धेरै सदस्य जातीय पहिचानधरहरु रहेकोले सविधानसभा विघटन भएको जानकारी गराउनुभयो । उहाँले अबको आन्दोलन राज्य संग होइन पार्टीसँग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनमा साहित्यकार तिलक प्रकाश कायस्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका नेपाल भाषा विभागका प्रमुख लक्ष्मी माली कथा साहित्यकार राजा शाक्य, राकेश महर्जन सुकुन्दा श्रेष्ठ, त्रिरत्न शाक्य, पुष्प तिमिला लगायतले नेपाल भाषा र नेपाल भाषा साहित्य सम्मेलन विराट गुथी सम्बन्धि आ आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष