पहिलो अंग्रेजी हेल्थ म्यागेजिन ‘मेडिकोज नेक्स्ट’ विमोचित

स्वास्थ्य सम्वन्धि संभवत् नेपालकै पहिलो मासिक अंग्रेजी म्यागेजिन ‘मेडिकोज नेक्स्ट’ प्रकाशित भएको छ । पर्ल पब्लिकेशन प्रालि भाटभटेनीद्वारा अन्तर्राष्ट्रिय बजारमा समेत विक्रीवितरण गर्ने गरि प्रकाशित सो म्यागेजिन विशेष गरि मेडिकल कलेजका प्राध्यापक, चिकित्शा क्षेत्रका विद्यार्थी, स्वास्थ्य सम्वन्धि अनुसन्धानकर्ता, औषधि उत्पादक लगायतलाई उपयोगी सावित हुने पर्ल पब्लिकेशनका प्रवन्ध निर्देशक सुशिल थापाले बताए ।

स्वास्थ्यसम्वन्धि नयाँ र विशिष्ट अनुसन्धान, उपचारका प्रविधि र खोज, मेडिकल उपकरण, चिकित्शाक्षेत्रका चुनौति र कानुनी उपचारलगायतका विभिन्न ३५ विषयलाई समेटेर सो ८० पृष्ठ लामो म्यागेजिन प्रकाशित गरिएको हो ।

होटेल रेडिशन लाजिम्पाटमा मंगलबार साँझ आयोजित एक कार्यक्रममा मुलुकका वरिष्ठ चिकित्सकहरु हेमाङ्ग दिक्षित र खगेन्द्रबहादुर श्रेष्ठका साथै नेपाल मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नरेन्द्र विक्रम थापा, रक्तसञ्चार केन्द्रकी निर्देशक डा.मनिता राजकर्णिकार, माइक्रोबायोलोजिष्ट विष्णुप्रसाद उपाध्याय, म्यागेजिनका सम्पादक अमरबहादुर श्रेष्ठ, पर्ल पब्लिकेशनकी पर्ल थापालगायतले सो म्यागेजिनको विमोचन गरेका थिए । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि सहभागी थिए ।

म्यागेजिन प्रकाशनको सफलताको कामना गर्दै वरिष्ठ चिकित्सकहरु हेमाङ्ग दिक्षित र खगेन्द्रबहादुर श्रेष्ठका साथै नेपाल मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नरेन्द्रविक्रम थापा, रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकार लगायतले शुभकामना दिँदै यसप्रकारको म्यागेजिन नेपालको चिकित्शा शिक्षा क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।

मंगलबार काठमाडौंमा विमोचन गरिएको सो म्यागेजिन नोभेम्बरमा जर्मनीमा त्यसपछि अमेरिका र अष्ट्रेलियामा विमोचनको साथै विक्री तथा प्रर्वद्धन गरिने पब्लिकेशनका प्रवन्ध निर्देशक थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ