चिट चोर्न तथा अरुको नक्कल गर्नबाट रोक्न शिक्षकको यस्तो जुक्ति

एजेन्सी । मेक्सिकोको टेलेक्सकलास्थित एक कलेजमा स्नातकको परीक्षाका बेला विद्यार्थीहरूलाई चिट चोर्न तथा अरुको नक्कल गर्नबाट रोक्नका लागि विद्यालयका निर्देशकले अनौठो जुक्ति लगाएका छन ।

निर्देशकले सबै परीक्षार्थीको टाउको कार्डबोर्डको बाकसमा पहिराएर परीक्षा दिन लगाएका थिए, ताकि विद्यार्थीहरुले दायाँ–बायाँ देख्न नसकून् र आफ्नो उत्तरपुस्तिकामा मात्र हेर्न सकून् ।

सो जुक्तिप्रति कतिपयले कलेजको काइदाको प्रशंसा गरेका छन् भने कतिपयले त्यो अमानवीय व्यवहार भएको भन्दै शिक्षा विभागका अधिकारीलाई निलम्बन गर्न र सम्बन्धित शिक्षक तथा निर्देशकलाई समेत बर्खास्त गर्न माग गरेका छन् ।

सन् २०१३ मा थाइल्याण्डमा पनि परीक्षार्थीहरुलाई आँखाले दायाँ–बायाँ हेर्न नपाउने गरी कागजका हेलमेट पहिराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले