बुद्धको जीवनी र उपदेश पुस्तक विमोचन

कपिलवस्तु, २५ साउन । बुद्ध जन्मस्थल लुम्बिनीको पवित्रता र अध्यात्मिकता फैलाउन भगवान बुद्धको जीवनी र उपदेश पुस्तक प्रकाशन गरिएको छ ।

भगवान गौतम बुद्धलाई नजिकबाट जानेर शान्ति, करुणा, मैंत्री र भातृत्व जगाई जीवन र जगतलाई सार्थक बनाउन पुस्तक बाहिर ल्याइएको हो । उक्त पुस्तक अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीर र प्रदेशसभा सदस्य फकरुद्दिन खानले विमोचन गरेका थिए ।

पुस्तक लुम्बिनी आउने सबैलाई निःशुल्क वितरण गरिनेछ । मायादेवी मन्दिरको प्रमुख प्रवेश द्वार शान्ति द्विप निर स्टल राखेर दैनिक विहानदेखि साझसम्म वितरण गरिनेछ । पुस्तक नेपाली भाषामा छ । ६ महिनापछि चिनिया र अंग्रेजी भाषामा प्रकाशन गरिने छ ।

७० पेजको पुस्तकमा राजकुमार सिद्धार्थको जन्म, वाल्यकाल र विवाहको प्रशंग छन् । त्यस्तै गृह त्याग, ज्ञानको खोजी र बुद्धत्व प्राप्तिका कुरा उल्लेख गरिएकोछ । त्यस्तै बुद्धको धर्मदेशना, कपिलवस्तु आगमन र महापरिनिर्वाणका घटनापनि पुस्तकमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ