घरेलु प्याडको लोकप्रियता बढ्दै

काठमाडौँ, ८ साउन । मानव जीवनचक्रसँग सम्बन्धित महत्त्वपूर्ण पाटो महिनावारीलाई अझैसम्म पनि समाजमा लुकाउनुपर्ने विषयका रूपमा हेरिन्छ ।

महिनावारीका बेला पोसिलो खाना, घाम, तातोबाट वञ्चित हुँदा महिलाको प्रजनन स्वास्थ्यमै प्रतिकूल असर पर्छ । अझ सरसफाइका लागि सफा प्याड आवश्यक हुन्छ र त्यो न्यून आय भएकाका लागि सुलभ बनाउने प्रयास थालिएको छ । महिनावारीबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने क्रम पनि बढ्दो छ ।

एकैपटक परिवर्तन नआए पनि बिस्तारै शिक्षित पुस्तामार्फत महिनावारीबारे लिइने धारणामा सकारात्मक परिवर्तन आउन थालेको छ । हाल महिनावारीलाई उत्सवका रूपमा मनाउन पनि थालिएको छ ।

विगत २२ वर्षदेखि प्रजनन स्वास्थ्य सङ्क्रमण न्यूनीकरणका लागि काम गरिरहेको संस्था ‘नहुँदा स्वास्थ्य महिला’ले टुक्रा कपडाबाट घरेलु प्याड बनाउने तालिम प्रदान गर्दै आएको छ ।

ग्रामीण क्षेत्र तथा आर्थिक अवस्था कमजोर भएकाले पनि महिनावारीका बेला स्वस्थ रहन सकून् भन्ने उद्देश्यले प्याड बनाउने तालिम सुरु गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार