घरेलु प्याडको लोकप्रियता बढ्दै

काठमाडौँ, ८ साउन । मानव जीवनचक्रसँग सम्बन्धित महत्त्वपूर्ण पाटो महिनावारीलाई अझैसम्म पनि समाजमा लुकाउनुपर्ने विषयका रूपमा हेरिन्छ ।

महिनावारीका बेला पोसिलो खाना, घाम, तातोबाट वञ्चित हुँदा महिलाको प्रजनन स्वास्थ्यमै प्रतिकूल असर पर्छ । अझ सरसफाइका लागि सफा प्याड आवश्यक हुन्छ र त्यो न्यून आय भएकाका लागि सुलभ बनाउने प्रयास थालिएको छ । महिनावारीबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने क्रम पनि बढ्दो छ ।

एकैपटक परिवर्तन नआए पनि बिस्तारै शिक्षित पुस्तामार्फत महिनावारीबारे लिइने धारणामा सकारात्मक परिवर्तन आउन थालेको छ । हाल महिनावारीलाई उत्सवका रूपमा मनाउन पनि थालिएको छ ।

विगत २२ वर्षदेखि प्रजनन स्वास्थ्य सङ्क्रमण न्यूनीकरणका लागि काम गरिरहेको संस्था ‘नहुँदा स्वास्थ्य महिला’ले टुक्रा कपडाबाट घरेलु प्याड बनाउने तालिम प्रदान गर्दै आएको छ ।

ग्रामीण क्षेत्र तथा आर्थिक अवस्था कमजोर भएकाले पनि महिनावारीका बेला स्वस्थ रहन सकून् भन्ने उद्देश्यले प्याड बनाउने तालिम सुरु गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्