कथाकार पौडेलको उपन्यास लोकार्पण

काठमाडौँ, २३ असार । विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित अग्निदहन उपन्यासको लोकार्पण गरिएको छ ।

उपन्यासकार लोकमणि पौडेलले समाजमा भइरहेका घटना नजिकबाट अध्ययन गरेर उपन्यास लेखेको बताउँदै यसलाई पूरा गर्न ५ वर्ष लागेको बताए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगै विशिष्ट व्यक्तिहरुले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटनाहरु समावेश भएको र ती सत्य घटनामा आधारित भएको पनि उनले बताए । गोरखा पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित अग्निदहन उपन्यास १७६ पृष्ठको छ र यसको मूल्य ३ सय २५ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ