जातीय विभेदको विशेष कथा ‘उज्जवली’ लोकार्पित

समाजमा व्याप्त जातीय छुवाछुतको कुरुप तर जीवन्त तस्बिर चित्रण गरिएको आख्यान कृति ‘उज्जवली’ शुक्रबार काठमाडौंमा लोकार्पित गरिएको छ । आख्यानकार गगनसिंह थापाको पाँचौं कृति ‘उज्जवली’ अग्रज आख्यानकार डा. ध्रुवचन्द्र गौतम, पूर्व डिआइजी मोतीलाल बोहोरा, प्रसिद्ध आख्यानकारहरू नयनराज पाण्डे, किशोर पहाडी, नारायण तिवारी, महेशविक्रम शाह, निलम कार्की निहारिका लगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

विशेषतः सुदूर–पश्चिममा रहेको जातीय विभेदबाट नेपाली समाजमा सिर्जित दुखान्त र सङ्घर्ष मूल कथानक भएको लघु उपन्यास हो । लेखकले आफ्नो समयमा देखेको जातीय विभेदलाई जस्ताको त्यस्तै चित्रण गरेका छन् ।

थापाका यसअघि संयुक्त कथा–संग्रह सोह्र सौगातसहित उपन्यासहरू कर्णालीको छेउछाउ, मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित भइसकेका छन् । कैलालीका स्थायी बासिन्दा थापा सुदूर–पश्चिममा उत्तरार्धमा देखापरेका ‘गतिला लेखक’का रूपमा परिचित छन् ।

बुक सेलर काठमाडौंद्वारा प्रकाशित ‘उज्जवली’को लोकार्पण समारोहमा चर्चित कवि, लेखक तथा सम्पादकहरू विमल भौकाजी, तुलसीहरि कोइराला, तोया गौतम, अश्विनी कोइराला, बलराम प्यासी, सुनिल पुरी सुनित, स्वागत नेपाल, कृष्ण सर्वहारी, विवश बस्ती, प्रशान्त अर्याल, रामजी दाहाल, लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी