कविता ‘बैशको गित’

आज खै किन मलाई आमाको सुनौलो बौश
सम्म पुग्न मन लाग्यो
सायद म पनि त्यस्तै बैशमा थिए कि
आमालाई हजार बिन्ती गरे अनि
गाइन एक भाकामा सुनौलो उमेरको
एक सुनौलो गित यसरि ।

तेरा बा सङ्ग पिरिमको डोरि कसिदै गर्दा
कति बेला भेटु भेटु भै रहदा,उनलाई भेट्न
शशिले धर्तिमा रात भरी बिस्कुन सुकाएका हिराका
चम्किला दाना सविताले उठाउन न पाउदै
चौपायाका दुई जोर र मेरा एक जोर पैतलाको
जदुमयी रस्मिले टल्किरहेको हिरालाई पानी बनाउदै
मधुवनको गौडो पुगेर ढुकी बस्थे।

सुल्पामा तमौको चिलिम हालेर
बुकिको सेतो झुलो हालेर
डङ्ग्शिलको प्रिय् मिलनमा
आगो बाली तमौलाई दागबत्ती दिन्थे
अनि पर्खाईको लामो धुबा मधुवनको गौडो बाट छोड्थे।

ूसुगा तेरि सौराइ लागि आइगया परदेश छोडिू
जब एक लामो लयले मधुबनमाथिको अरालो
घन्किन्थियो ,
त्यसै त्यसै म मा एक बल आउदथ्यो
गालामा स्याउ फल्थे,
मुहार बादलमा लुकेको जुन जस्तै हुन्थियो
तै पनि गलामा खै के को जोश आउथियो
सुसेली दिन्थियो गला
ूकर्नाली घुमाउरो परो लौरी बगाउदैन
बरागिका बाझोमाया ढुकी अगाउदौनू
लामै दोहोरिमा स्वर भर्थे मधुवनका चरा
सनाई बजाउथिन झ्याउकिरी
ताली बजाउथे गुना बादर
हरियो घासँमा दारी थल्थे गोरु ,खसी
अम्बा गरेर कराउथिन गाई
बाछो दौडेर दूध खान्थियो
हामी दैडेर मन खान्थियौ
सैराई मेट्थियौ ,
भाकामा पिरती साट्थियौ ।

यसरी केही बर्ष बिते,
पिरतिले बेसरी जेल्यो
उमेरले घरबार खोज्यो ,
सिउदो सिन्दुर हात ले चुरा खोजे
अनि
त्यो ज्यानले यो ज्यान खोज्यो
यो ज्यान ले त्यो ज्यान खोज्यो
दुई ज्यान एक भयौ ।

एक भएकै बर्ष चुलाले अदान खोज्यो
तिउनले भुटुन र नुन खोज्यो
सम्बन्धले एक धुरी खोज्यो
गोजिले रित्तो थियो उस्ले साहु को ॠन खोज्यो
ॠन ले अदान दियो
भुटुन र नुन दियो
छानो दियो
छानो ले प्रेम र माया सङ्गै तँ दियो
तर निदाउन दिएन
ॠन पैताला बोकेर घर खेत हेर्थियो
चौपायामा आँखा लाउथियो
तेरा बा लाई यहि मन परेन
ॠनलाई खोली तार्छु है सानी भनि
आफुले खोली तरेको आज एक्काईस बर्ष भो
चौपाया,
खेत
घर हुँदै ॠन साहुकोमा फर्कियो
तेरा बा फर्किएन्
खै माया मार्ने मान्छे थिएन्
कोहि भुतले पो उनलाई मार्यो कि रु
सिन्दुर र चुरा नामका छन् काम नाई

यदि तेरा बा फर्किनु अधि म मरे भने
सिन्दुर पोते चुरा, न पुछी, न फाली, न फुटाई
जालाएस है छोरा
म माथी उनला त्यसरी नै ढुकी बस्ने छु
स्वर्गको गौंडोमा ।

आमाका बन्जर आँखा बर्षौ पछि बर्शिय
म एक मुक दर्शक बने ।

©के आर पाण्डुलिपि

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क