कथा ‘न रङ्गिएको गुलाब’

काठमाडौँ, ५ असार । खैरो रङले रङाएको तालुको कपाल, नाकै छोप्ने गरि लामो, दुबै कान माथि गोरेटो बाटो जस्तो बाङ्गो रेखा, बर्खाको पहिलो पानी परेपछी भुरभुर उम्रेको दुबो जस्तो छोटो कपाल, कालो ज्याकेट लगाएको नाकको डाडिले सिधै जमिनमा निसाना लागाएर हेरिरहेको, कालो बादलले घेरिएर सबिता लुकेपछिको दिन जस्तो अध्यारो अनुहार जो शुन्यताको एक बिराट प्रतीक हो । जहाँ चेतना छ भन्न पनि सकिँदैन, छैन भन्न पनि सकिदैन । ढुङ्गा जस्तो बनेर झोक्राएको छ एक युबक । निर्जीव काठको कुर्चिमा निर्जिब जस्तै बनेर

ओए मु.. तेरो नाम के हो रेरु एक प्रहरी जवान झोक्राएको युबक लाई सोध्छ
प्रेम प्रसाद ।(कुनै प्रेमको आकार नबोकी युवकले जवाफ दिन्छ)
नाम त बहुत सुन्दर छ भावयुक्त तर काम चाहिँ के होरु ल भन किन गरिस यस्तो ?
प्रेम मौन बस्छ । कुनै प्रतिक्रिया जनाउदैन । उ सम्झिदै छ होला उस्को अतीत।

प्रेम प्रसाद , एक मध्यम बर्गिए परिवारको छोरा । बुबा एक कलेजमा साहित्य पढाउछन, आमा पुस्तक पसल चलाउछिन । जेठो छोरो हो प्रेम एक बहिनी पनि छ उस्कि । बिधालय र अहिले उस्ले अध्यान गरिरहेको कलेज बाट प्राप्त अभिलेख हेर्दा उ कहिल्यै दोस्रो भएन कक्षामा । अतिरिक्त क्रियाकलाप मा राम्रो पकड राख्ने सहयोगी भावनाको ,सान्त स्वभावको एक सालिन मान्छे, आशाको एक किरण हो । परिवारको चिराक ।

स्नातक अन्तिम बर्षको नतिजा पर्खेर बसेको ।
ओए मा.. सुनिनस यो के गरिसरु किन गरिस रु प्रहरी जवान कड्किएर बोल्यो।
प्रेमले टाउको हल्का उठायो र बोल्यो ।
म प्रेम मैले प्रेम गरे , मैले मेरो प्रेम पाउने एक सरल उपाए यहि भेटे ।
यो कस्तो प्रेम रु कसरी भन्न सक्छस कि त प्रेमी होस रु प्रहरिले कड्किएर सोध्यो

हो म प्रेमी हु । म दिब्यालाई अथाह प्रेम गर्छु । उस्लाई यो बार बार भनेको पनि छु । लाग्छ उ पनि मलाई प्रेम गर्छे ।मैले प्रेम प्रस्ताव गरे भन्दा बढी उस्ले मेरो प्रस्ताव अस्बिकार गरेर म तिम्रो साथी मात्र हु भनेकि छे ।यदि म सङ्ग मन न अड्किदो हो त उ साथी बन्न खोज्ने थिइन । तर फरक यो थियो म उस्लाई प्रेमिका बनाएर उसङ्गै जिउन चाहान्थे तर उ साथी बनाए मलाई अरु सङ्गौ जिउन चाहान्थी ।
सायद उ मेरो बेरोजगारी पन र मेरो कालो र छिद्र भएको अनुहार देखि तर्सिन्थी ।
उस्ले धेरै पल्ट भनेकी थिई

भनेकी थिई , मन मात्र भएर नि हुँदैन हातमा हात जोडेर हिड्न त रुप पनि हुनुपर्छ । त्यस दिन पछि मैले उस्लाई मन पढाउन खोजे उस्ले मलाई रुप । मैले मन पढाउन सकिन उस्ले रुप पढाइ मलाई , त्यसैले सेतो गुलाब लाई रातो रङ्ग मा रङ्गाउन भगेराले आफ्नो छाती छिरे रगतले गुलाब रङ्गाए झै आफ्नो छाला ले उस्को छाला सजाउन सकिन । आफ्नो जस्तै छाला बनाउन यसो गरे । अझ भनु मेरा जेठा बा को उखान याद गरे, ढाण भया जग्गा राम्रो गाण भयौ जोईू ।

त्यसैले उस्लाई म जस्तै बनाउन छरिदिए एसिड उस्को अनुहारमा । यति बोलेर मौन भयो प्रेम । आँखा को डिल बाट केही थोपा आशुले बन्जिङ्ग जम्प हाने भुई को खोच तिर ।
दिब्यालाई एसिड नै किन हानिस रु दिब्या भन्दा अरु केटि सङ्ग प्रेम गर्न पनि त सक्थिस । प्रहरिले नरम भएर सोध्यो।
बाबा साहित्य पढाउनु हुन्थ्यो , उहाँ त्यही साहित्य जस्तै हुनु हुन्थ्यो लेखकले कुन मुडमा के का लागि लेख्यो त्यो कुरा लेखक बाहेक अरु सबैले आफ्नै तरिकाले बुझ्नु पर्ने , मेरो बाबाको मुड हामी आफ्नै तरिकाले बुझ्थियौ , मैले बाबा बाट के पाए के पाईन थाहा छैन। रहर हरुको चिता बनाउन भने बा बाटै सिकेको हु ।

आमा पुस्तकका पाना हरुमा हराउनु हुन्थ्यो जुन पानामा म कहिल्यौ अटिन । त्यस्लै म आफ्नो भावना राख्न सक्ने एक मन खोज्दै थिए । सानोमा हजुरामा ले सुनाएको राजकुमारिक कथाकी राज कुमारी मनसपटल मा शार्दुलक्रीडा गर्थे । दिब्या त्यही राजकुमारी जस्ती थिई जो मेरो मथिङ्गल भित्रको कोरिएको अमुर्त चित्रको मुर्त रुप त्यसैले उस्को बिकल्प देखिन ।
उस्ले म बाहेक अरु बिकल्प देखि ।

मैले सुनेको थिए प्रेम र युद्धमा सब सायज हुन्छ । मैले सोही गरे म देखि । उस्लाई आफू जस्तै बनाउन खोजे र अपराध गरे ।
प्रहरी जुरुक्क उठ्यो । ल हिड भित्र , प्रेमलाई लक अप मा लगेर राख्यो र वोल्यो बाकि पछि कुरा गरुला यी ला यो पढ भन्दै एक पत्रीका दिएर निस्कियो
प्रेम एक अर्मुत प्रेम बोकेर कुरिरह्यो र हेरि रहयो प्रहरी गएको बाटो ।

©के आर पाण्डुलिपि
सुर्खेत

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना