दुनियाँकै महँगो कफी, जहाँ मानिसहरु कफी पिउन मरिहत्ते गर्दछन्

एजेन्सी । अमेरिकामा रहेको एउटा क्याफेमा दुनियाँकै सबैभन्दा महँगो कफी पाइन्छ । जहाँ कफीको मूल्य प्रतिकप ७५ डलर पर्दछ ।

क्लेच क्याफे नाम रहेको उक्त क्याफेमा महँगो हुँदाहुँदै पनि मानिसहरु सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन् । त्यो महँगो कफीको नाम नेचुरल गिशा ८०३ हो ।

लिलामीका क्रममा एक पाउण्ड कफी ८ सय ३ डलरमा बिक्री भएको थियो । त्यहीँ बेलादेखि नै सो कफीको नाम नेचुरल गिशा ८०३ रहन गयो ।यो कफीको वास्तविक नामचाहिँ पनामा कफी हो । यो कफी निकै उत्कृष्ट जातको कफी हो । विश्वको कफी प्रतियोगितामा पनि यो कफी सर्वोत्कृष्ट ठहरिसकेको छ ।

वास्तवमा यसअघि यो कफीको केवल ४५ किलोमात्र बिउ बिक्री हुन्थ्यो र अधिकतम कफी जापान, चीन ता ताइवानमा निर्यात हुन्थ्यो । तर अहिले अमेरिकाको क्लच क्याफेले यसलाई बहुमूल्य तथा लोकप्रिय मात्र होइन विश्वकै सबैभन्दा महंगो बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र