राजदरबार हत्याकाण्डमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ सार्वजनिक

काठमाडौँ, ६ जेठ । नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गरेका छन् ।

२०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए-तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप राना । दरबार हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’  सोमबारदेखि बजारमा आएको छ ।

प्रमुख एडीसी रानाले कूल १९ वटा अध्यायमा बाँडिएको उक्त पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घटना र त्यसपछिका दृश्यावलीको विस्तृत वर्णन गरेका छन् ।

उनी भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी