भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५ : प्रधान र बॉस्कोटालाई प्रदान गरिने

“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् । यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ ।

हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्षदेखि यो सम्मानको सुरुवात गरिएको हो । प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए । यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड