भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५ : प्रधान र बॉस्कोटालाई प्रदान गरिने

“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् । यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ ।

हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्षदेखि यो सम्मानको सुरुवात गरिएको हो । प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए । यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ