कविता ‘उ, छाया र प्रेम’

सुनौला घामका किरणहरुले
मलाई बिस्तारै बिस्तारै
लम्बाइदै लगिदिए पछि
म पनि लामो दुरिमा रहेको छु
उस्को असिम यादको एक
सुकेको गुलाब बोकेर
घाम उदाउने दिशाको सम्मुख बनेर
थाहा छैन , अब उदाउने प्रभातिए
किरणले मलाई छोएर
लम्बाउदै छोड्ने छ या
छोटो बनाएर राखिरहने छ
आफू सङ्ग
………………………………..
हर रबिबार त्यो बार उस्कोहो
जहाँ उ उदाउथी एक टेबुलमा
पुर्ब क्षितिजमा लालिचढाएर
मेरा आखामा प्रेमको प्रकाश
पारिदिन्थी र दिन्थी
चिनी ,पानी ,चिया पत्ती, दूध र प्रेमको
समिश्रणको
एक कप
अचेल म प्रत्यक रबिबार
त्यही एक कपको पछाडि लुक्छु
रबि डुबेकै क्षितिज तिर
……………………………..
निलो आकास जस्तो
टुमलेट झुन्डाएर उ
म प्यासले गलेको को
बेला प्रेमको समुन्द्रबोकेर
मन दौडाउदै
पाइला डगमगाउदै
नजरलाई एघारै दिशामा
पुराएर सुटुक्क बोल्थी
ओए मुर्दार ,
एक घुट्कि ञत पिइ
म बर्षौ देखि पानीको स्पर्श
गर्न नपाएर पट्पटी फुटेर चिरा चिरा भएको
जमिनले पानीको स्पर्श पाए पछि
आफुलाई सम्याझै
सम्याई दिन्थे एक बोतल पानी
अचेल म कि त ती हात खोज्छु
कि निलो आकास
…………………………………..
फूल त ओइलिएर टुक्रा टुक्रा बन्छ
काडाले पनि बिस्तारै टुप्पो भुताउछ
अक्षरहरुले अर्थ फरक दिन सक्छन
चित्रहरुले ब्यख्या फरक खोज्न सक्छन
त्यस्लै सुके पनि सुन्दर देखिने
यो तेरो धुपी तलाई नै बुझाउछु
त धुपी जस्तै बनेस भनेर
एक हागो धुपी दिएर गएकी हो
अचेल,
म पर्खिरहेको छु
त्यही घुपी जसरी
उ आउने बाटो
…………………………
माया त नजिक हुन्जेल न रहन्छ
सम्झना कि छुटे पछि , कि टुटेपछी पलाउछ
याद प्रतिबिम्ब हरुले बोक्छन
तर प्रेम आफू मरेर गए नि रहन्छ
त्यसैले म प्रेम गरिरहेको छु
मलाई बिश्वास छ
प्रेमले जिताउछ ।

के आर पाण्डुलिपि

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष