राष्ट्रियताको जगेर्नामा साहित्यको भूमिका महत्वपूर्ण

ललितपुर, फागुन २० । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रियता र साहित्य दिनानुदिन सुनिनुपर्ने विषय भएपनि अहिले यो लोपोन्मुख स्थितिमा रहेको गुनासो गर्नुु भएको छ ।

राष्ट्रिय बौद्धिक केन्द्रद्वारा सोमबार राजधान्ीमा आयोजित राष्ट्रियताको जगेर्नामा साहित्यको भूमिका विषयक कार्यक्रममा वोल्दै उहांले अन्तरकुन्तरमा लेखिएको साहित्यभित्रको साहित्य सार्वकालिक र चेतनामूलक भएमा यसले राष्ट्रियताको जगेर्नामा सहयोग पुग्ने बताउनुभयो ।

२०४६ को जनआन्दोलनपछि राष्ट्रियताको जगेर्नामा सार्वकालिक काम हुन नसकेको चर्चा गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मधेश, हिमाल र पहाडको समन्वयबाट राष्ट्रियताको जगेर्नाका दिशामा काम हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘बोलेका मात्र साहित्य होइन, नवोलेका पनि साहित्य हुने’ धारणा राख्दै श्रेष्ठले भन्नुभयो—‘साहित्यलाई हामीले शहरीकरण गरिरहेका छौंं, यसलाई ग्रामीणमुखी पनि बनाइनुपर्छ र विद्यमान असमानतालाई हटाई समानता ल्याउन सक्नुपर्छ ।’

राष्ट्रिय जनता पार्टी नेपालका बरिष्ठ उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले राष्ट्रनै सर्वोपरि भएको हुंदा प्रत्येक साहित्यकारले वडो सतकर्तापूर्वक कलम चलाउंदा उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता औंल्याउंनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद प्रा.भिक्षु आनन्दले देशले आफ्ना जात, जाति, धर्म, भाषा र साहित्यको संरक्षण गर्न सक्दैन भने राष्ट्रियताको जगेर्ना गर्न कठिनाई हुन्छ भन्नुभयो ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पोलिटव्यूरो सदस्य रेखा यादवले वर्तमान अवस्थामा राष्ट्रियता छांयामा परेकोले संघियता उजागर हुन नसकेको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस ललितपुरका जिल्ला अध्यक्ष एवं पूर्व सांसद मदन अमात्यले नेपालमा राष्ट्रियताको विषयमा गहन छलफल हुनुपर्ने वेला आएको बताउंदै नैतिक मूल्य र मान्यता हराउंदै गएको वर्तमान अवस्थामा अव विद्यालयकै पाठ्यक्रममा राष्ट्रियता विषय समावेश गराइनुपर्ने आवश्यकता औंल्याउनुभयो । साहित्य सिर्जनामा राष्ट्रियताको भावना मुखरित गर्न सकेमा नै देशको उन्नति एवं प्रगतिमा मनग्गे सहयोग पुग्ने उहांको धारणा थियो ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले साहित्यकारले साहित्यको माध्यमबाट देशलाई दिशावोध र मार्गदर्शन गर्न सक्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा वोल्दै प्रा.डा.विश्वनाथ भण्डारीले नेपालका चर्चित साहित्यकारहरुले राष्ट्रियताको जगेर्नामा असंख्य कलम चलाएको उल्लेख गर्दै देशमा प्रजातन्त्र पुर्नस्थापनामा साहित्यकारहरुको भूमिकालाई मूल्यांकन गरिनुपर्छ भन्नुभयो ।

साहित्यकार तथा स्वतन्त्र लेखक प्रमोद प्रधानले नेपालको इतिहास विदेशीले लेखेको सही नभएकाले नेपालीले नै लेख्नुपर्ने, अव स्थानीय, प्रदेश, र केन्द्रको इतिहास छुट्टाछुट्टै रुपमा स्थानीय व्यक्तिहरुले नै लेख्नुपर्ने र साहित्यको समृद्धि एवं विकासका लागि नेपालको वार्षिक बजेटमा कहिल्यै पनि रकम विनियोजन नहुनु दुखदायी भएको वताउनु भयो । नेपाली समाज रुपान्तरणका लागि साहित्यकारहरुको भूमिकाको मूल्यांकन गर्नुपर्ने आवश्यकता पनि उहांले औंल्याउनु भयो ।

नेपाल समाचारपत्र दैनिकका सुनिल महर्जनले जवसम्म जनता अधिकार सम्पन्न हुंदैनन, तवसम्म राष्ट्रियता दिवास्वप्नमात्र हुन बताउनुभयो ।

संस्थाका सदस्य देवेन्द्रनाथ तिवारीले जननी जन्मभूमिश्च स्वर्गादपि गरियशिलाई मूलमन्त्र ठानी सवै साहित्यकारहरुले राष्ट्र्रियताको जगेर्नामा कलम चलाउनु पर्छ भन्नुभयो ।

सभापतिको आसनबाट राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष पवनलाल श्रीवास्तवले भन्नुभयो, हाम्रो साहित्य किसान, श्रमिक, मजदूर, नेपाली सेना, नेपाल प्रहरी आदिको लागि लेखिनु पर्दछ ।

संस्थाका सदस्य तथा सञ्चारकर्मी अर्जुन बिष्टले राष्ट्रियता, प्रजातन्त्र, दिगो आर्थिक विकास र सुशासन नै संस्थाका मूल उद्धेश्य भएकाले हाल छाँयामा परिरहेको देशको राष्ट्रियताको जगेर्नाका लागि अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिदैं आएको र भविष्यमा पनि वहस चलाउने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका