डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान

नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान गरिएको छ ।

सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित वरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवम् निर्देशक चुनिलाल घिमिरे साथै अन्य वरिष्ठ साहित्यकारहरुको बाहुलीद्वारा डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको हो ।

यस अवसरमा नेपालका आठ जना स्रष्टा र सिक्किमका ६ जना स्रष्टालाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा नेपालका स्रष्टा डा. डीआर उपाध्याय, सुरेश घिमिरे ‘निश्चिन्त’, कृष्ण भुसाल, नवीन सुब्बा, सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, गीता अधिकारी र सुनिता खनाल तथा सिक्किमका स्रष्टा प्रद्युम्न श्रेष्ठ, पूर्ण योञ्जन, जीवन शर्मा, केबी कार्की, अमर बानियाँ ‘लोहोरो’ र निलम न्यौपानेलाई सम्मान गरिएको थियो ।

यसरी नै नेपालबाट साहित्यकार टीबी चन्द्र सुब्बा, सीपी गिरी, चुनिलाल घिमिरे, डीआर नेपाल र सीबी कार्किलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ