मुटु चोरेको भन्दै प्रहरीमा उजुरी

भारत महाराष्ट्रको नागपुर प्रहरी चौकीमा एक युवाले आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएको छ  ।

एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न ती युवा प्रहरी चौकी आइपुगेका थिए ।  ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे ।

 मुटु नै चोरी भएको उजुरी आएपछि अचम्म पर्दे प्रहरीले माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए । प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए  ।

उक्त नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले चोरी भएको एक लाख तीस हजार बराबरकोे सामान धनीलाई फिर्ता गर्न आयोजित एक कार्यक्रममा बोल्दै उनले यस घटनाको पनि खुलासा गरेका थिए ।

पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘चोरी गरिएका सामानहरु त हामीले फेला पारेर फिर्ता गर्न सक्छौँ तर कहिलेकाहीँ भने हामीकहाँ यस्ता उजुरी पनि आउने गर्छन्, जसलाई समाधान गर्नै सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ