दुनियाँकै महंगो स्याण्डिल, मूल्य २ अर्ब रुपैयाँ

(असोज १२, एजेंसी) । युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ ।

यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ । बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ ।

यतिधेरै महंगो भएपछि यो चिज बनाउन पनि कम्ता मेहेनत लागेन होला । यो स्याण्डिलको डिजाइन गर्ने तथा बनाउने कामका लागि पूरै ९ महिना लागेको थियो । यो स्याण्डिलमा सयौँ हिराका टुक्रासँगै हरेकमा दुईवटा पन्ध्र क्यारेटका बहुमूल्य डी फ्ल लेस हिराको टुक्रा प्रयोग गरिएको छ ।

स्मरण रहोस् विश्वमा यसअघि डेब्बी विंघम हाई हिल्स सबैभन्दा महंगो जुत्ताको रुपमा रहेको थियो । जसको मूल्य १ करोड ५१ लख डलर थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले