गन्हाउने फूल हेर्न मान्छेको भीड

(भदौ ११, एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियास्थित हंटिङ्गटन पुस्तकालयमा ‘लास फूल नामक फूल फुलेको छ ।

लास फूल फुलेपछि पुस्तकालय हातामा फूल हेर्न आउने दर्शकको घुइँचो बढेको छ । यो फूल बिहिबार राति अकस्मात् फुलेको पुस्तकालयकी प्रवक्ताले बताएकी छिन् ।

रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ । यसको फूल केवल २४ घण्टामात्र फक्रिन्छ र त्यसपछि ओइलाउन थाल्दछ । यो फूलबाट मासु कुहेको जस्तो नमिठो गन्ध आउँदछ, त्यसैले यसलाई लास फूल भनिन्छ ।

वैज्ञानिकहरुका अनुसार परागसेचनका लागि किराहरुलाई आकर्षित गर्नका लागि फूलबाट यस्तो गन्ध आउने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले