आमाको अन्तिम संस्कार गर्दा छोराको मृत्यु

(असार ५, एजेन्सी) ।  इन्डोनेसियामा आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर छोराको मृत्यु भएको छ ।

पुलिस चिफ कमिश्नर जुलियान्टो सिरेटका अनुसार ४० वर्षीय सामेन आफ्नो आमा बेर्टाको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका थिए । यसका लागि कफिनलाई अग्लो टावरमा लगिँदै थियो । तर त्यति नै बेला टावरमा पुर्याउनका लागि राखिएको भर्याङ चिप्लियो र ढल्यो जसका कारण कफिन खस्यो र पीडितलाई लाग्यो ।’

सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार टावरभित्र पुग्नै लाग्दा कफिन खसेको थियो । जसका कारण माथिसम्म पुगेका मानिसहरु थुप्रै मिटर तल रहेको जमिनमा खसे । कफिनले पीडितलाई किचेको कोन्डोरुराको अस्पतालमा मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी