गजल

तिमी ब्राजिल भन्छौ म अर्जेन्टिना …
यो फुटबलको मन्सुने महिना, विमति यहीँ छ !

तिमी ब्राजिल भन्छौ म अर्जेन्टिना,
विमति यहीँ छ !

नेताजति सबै मिडियाबाजीमै रमाएको देख्छु,
कुरा ठूला काम झिना-मसिना, विमति यहीँ छ !

रसिलो अङ्गुर खान आएकालाई छुर्पी देखाउँछौ,
कताको तेल कताको सुख्खा पिना, विमति यहीँ छ !

सुर न तालका मान्छेहरू बेतुके सहकार्यमा छन्,
सर्पलाई डम्मरु बाँदरलाई बिना, विमति यहीँ छ !

बोक्रे प्रेमी पनि मायालाई गीत भन्छन्, सङ्गीत भन्छन्,
दिल्लगीमा दिलको ता-का धि-ना, विमति यहीँ छ !

भाग्य बुझिन्न, कर्म गरिन्न र पनि माया फलाकेर हैरान्,
दिलको हिसाब अनि हिनामिना, विमति यहीँ छ !

भइगो…फेरि आफ्नै कुरामा आउँन त…
भन्दा पनि,

न साम्राज्ञी पर्यौ …तिमी …
न मेलिना, विमति यहीँ छ !

नारायण नेपाल
कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग