गजल

तिमी ब्राजिल भन्छौ म अर्जेन्टिना …
यो फुटबलको मन्सुने महिना, विमति यहीँ छ !

तिमी ब्राजिल भन्छौ म अर्जेन्टिना,
विमति यहीँ छ !

नेताजति सबै मिडियाबाजीमै रमाएको देख्छु,
कुरा ठूला काम झिना-मसिना, विमति यहीँ छ !

रसिलो अङ्गुर खान आएकालाई छुर्पी देखाउँछौ,
कताको तेल कताको सुख्खा पिना, विमति यहीँ छ !

सुर न तालका मान्छेहरू बेतुके सहकार्यमा छन्,
सर्पलाई डम्मरु बाँदरलाई बिना, विमति यहीँ छ !

बोक्रे प्रेमी पनि मायालाई गीत भन्छन्, सङ्गीत भन्छन्,
दिल्लगीमा दिलको ता-का धि-ना, विमति यहीँ छ !

भाग्य बुझिन्न, कर्म गरिन्न र पनि माया फलाकेर हैरान्,
दिलको हिसाब अनि हिनामिना, विमति यहीँ छ !

भइगो…फेरि आफ्नै कुरामा आउँन त…
भन्दा पनि,

न साम्राज्ञी पर्यौ …तिमी …
न मेलिना, विमति यहीँ छ !

नारायण नेपाल
कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी