श्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र

काठमाडौँ, १८ माघ । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन् । चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन् ।

झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए । डा. भट्टराईको फर्किने टिकट जनवरी ३० तारिखको थियो । दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदै छ ।

भट्टराईको फर्किने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरिएको छ । डा. भट्टराईकी पत्नी जानुका भुसाल उहाननजिकैको चिङ्चौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दै छिन् । उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

धनुषा, २९ भदाै । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब

काठमाडौँ, २९ भदाै । जनसंख्या वनावटमा आएको तिव्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् । घट्दो जन्मदर,बढ्दो

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको