१० डलरको किताब चोर्ने राजदूतले दिए राजीनामा

एजेन्सी । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूतले १० डलर मूल्य पर्ने एउटा किताब चोर्दै गरेको काण्ड बाहिरिएपछि अन्ततः पदबाटै राजीनामा दिएका छन् ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सस्थित एक किताब पसलमा छिरेका ती राजदूतले किताब चोर्दै गरेको भिडियो गत अक्टोबरमा सार्वजनिक भएको थियो । राजदूत रिकार्डो भालेरियो किताब चोरी काण्डमा परेपछि मेक्सिकन सरकारले उनलाई डिसेम्बरको सुरुमै फिर्ता बोलाएको थियो । अन्ततः उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजदूत पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजिनामालाई मेक्सिकोको विदेश मन्त्रालयले स्वीकार गरेको बताइएको छ ।

पसलको सीसीटीभी क्यामरामा ती राजदूतले एउटा किताब र्‍याकबाट निकालेर आफ्नो काखीमुनि पत्रिकाभित्र लुकाएर चेपेको दृश्य कैद भएको थियो । उनले चोरेको उक्त किताब अठारौँ शताब्दीका इटालियन लेखक जियाकोमो कासानोभाको बायोग्राफी थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।