हराएको कुकुर खोज्न हवाईजहाज बुकिङ, लाखौं पुरस्कार घोषणा

एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्कोमा एकजना महिलाले आफ्नो हराएको कुकुर खोज्न हवाईजहाज नै भाडामा लिएकी छिन् ।

एमिली नामकी महिलाले पालेको नीलो आँखा भएको ज्याक्सन नामको अस्ट्रेलियन शेर्फड नामको कुकुर गत डिसेम्बर १५ का दिन एउटा किराना पसलबाट हराएको थियो । कुकुर खोज्नका लागि उनले धेरै प्रयास गरिन् तर अहिलेसम्म पनि फेला परेको छैन ।

यताउता कतै खोज्दा पनि कुकुर नभेटिएपछि एमिलीको परिवारले १९ डिसेम्बरमा झण्डै सबा लाख रुपैयाँ बराबरको रकम तिरेर हवाईजहाज नै भाडामा लिए । १० डिसेम्बरका दिन उक्त जहाज सनफ्रान्सिस्को र अकल्याण्डको आकाशमा उडाएर सहरका गल्ली-गल्लीमा कतै कुकुर देखिन्छ कि भनेर खोजे । तर कुकुर भेटिएन ।

उनीहरुले हराएको कुकुर खोज्नका लागि www.bringjacksonhome.com नामक वेबसाइट नै तयार गरे र त्यसमा हराएको कुकुरबारे सबै जानकारी दिँदै कुकुर फेला पारेर बुझाइदिनेलाई लाखौँ पुरस्कारको घोषणा गरे । आफ्नो कुकुर फेला परिदिनेलाई ७ हजार डलर पुरस्कार दिने उनको घोषणा छ । उक्त कुकुरको तौलो १३ किलो छ भने कुकुर कालो, सेतो र खैरो रङका मिश्रति भुत्ला भएको छ । सो कुकुरको टिन्डर अकाउन्ट पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।