चिसोका कारण विद्यालय बन्द

सप्तरी, ६ पुस । अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ ।

बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने भएको छ । त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ ।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका