विद्यालय पुग्न साढे तीन घण्टा हिँड्नुपर्ने

काठमाडौँ, २९ मंसिर । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको संख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ ।

विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्यालय पढ्न जाने गरेका छन् । नेपाल सरकारले आधा घण्टाभन्दा बढी हिँडेर विद्यालय जान नपर्ने नीति बनाएको भए पनि यहाँका बालबालिका भने दैनिक साढे तीन घण्टासम्म हिँडेरै पढ्न जानुपर्ने बाध्यतामा छन् ।

महाभारत गाउँपालिका–६ मा रहेको जनमोहन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा चमेली घलानले साढे तीन घण्टा हिँडेर विद्यालय आउने गरेको बताइन् । वडा नं. ७ कालीमाटीमा घर रहेको बताउने उनी दैनिक ६ः३० बजे घरबाट हिँड्ने गरेकी छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने