सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग

काठमाडौँ, २६ मंसिर । सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग छन् । अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान लिएर भएपति पूर्ति गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

सरकारी विद्यालयमा अहिले १ लाख ५३ हजार ५ सय २३ शिक्षक कार्यरत छन् । तीमध्ये स्थायी एक लाख ११ हजार १४५ र राहत कोटामा ४२ हजार ३७८ जना रहेको छ ।

मुलुकभर ३० हजार को हाराहारीमा सरकारी विद्यालय छन् । शिक्षा नियमावली अनुसार प्राथमिक तहसम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम तीनजना शिक्षक दरबन्दी वितरण गर्नुपर्छ ।

निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयमा क्रमशः न्यूनतम ४ र ६ वटा शिक्षक दरबन्दी वितरण गर्नुपर्ने शिक्षा मानव स्रोत विकास केन्द्रका सहायक महानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने