प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ, २० मंसिर । गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् ।

प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज  सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्का शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरु भएको छ । उक्त कलेजमा पहिलो वर्षमा ९५ जना विद्यार्थी अध्ययनरत रहेकामा कलेज सञ्चालक र सीईओका छोराछोरीलाई सहभागी गराएर परीक्षा सुचारु गरिएको छ ।

परीक्षाको तालिका बिहान १० देखि २ बजेसम्म रहेको छ । प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हात रहेको विद्यार्थीहरुको दाबी रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा नागरिकको खोजी र उद्धारका लागि सरकारले

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला

काठमाडौँ, १७ भदौ । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री राहत सामग्री नेपाल आइपुगेको