डेङ्गुका कारण चितवनमा थप एक जनाको मृत्यु

चितवन, ७ कार्तिक । चितवनमा डेङ्गुका कारण थप एकको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुका कारण चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँदिल्ली, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका

काठमाडौँ, ७ मंसिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय

काठमाडौँ, ६ मंसिर । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारले जनताको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै इमानदारिता र जवाफदेहिताका साथ काम गर्नुपर्ने

काठमाडौँ, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा