ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने

काठमाडौँ, ३० असोज । औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ ।

डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘नाइट्रोसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइलमाइन’ धैरै मात्रमा रहेको र उक्त अशुद्धतालाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले मानिसमा क्यान्सर गराउन सक्ने भनी वर्गीकरण गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्