तपाईंको घुर्ने बानी छ ? वेवास्ता नगर्नुस्, हृदयघात होला

काठमाडौँ, १४ असोज । नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुर्ने बानी हुन्छ, वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको छु भन्ने आफैँलाई थाहा हुन्न । उनले निद्रामा घुर्ने बानी मोटोपना भएका र ज्येष्ठ नागरिकमा धेरै हुने जानकारी दिइन् ।

घुर्ने बानी पनि एक प्रकारको रोग हो भनेर थाहा नभएको हुनसक्छ तर यो घातक रोग भएको प्रस्ट पार्दै डा. तामाङले भने, “घुर्ने बानीका कारण मुटु, उच्च रक्तचाप र चिनी रोगलाई नराम्रो असर पार्छ, त्यसकारण यसलाई समयमा नै उपचार गर्नुपर्छ ।”

डा. तामाङले घुर्ने बानी भएको मानिस राति सुत्न सकेको हुँदैन, त्यसैले दिउँसो बढी निद्रा लाग्ने, गाडी, कार्यालय वा विद्यालयमा पनि एकैछिन बस्दा पनि निदाउने जानकारी दिइन् । सानो बच्चालाई घुर्ने समस्या हुनसक्ने जानकारी दिँदै चिकित्सकको सल्लाह लिनुपर्ने धारणा व्यक्त गरे ।

यसलाई धेरैले रोगभन्दा पनि सामान्य समस्याका रूपमा हेर्दै आइरहेका छन् । “मेरो निद्रामा घुर्ने बानी छ, यो रोग हो ? भनेर अस्पताल जाने व्यक्तिको सङ्ख्या निकै कम पाउँछौँ,” उनले थपे, “निद्रामा घुर्ने बानी कुनै रोगकै कारणले पनि हुने गरेको हुन्छ ।”

उपचार र बच्ने उपायका बारेमा डा. तामाङ भन्छिन्, “साधारण घुराइ मोटोपन हुनेहरू अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ तर यसमा ‘स्लिप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन । ‘स्लिप एप्निया’ हुनेहरूलाई निदाएको बेला गर्धनभित्रको श्वासनली साँघुरो भई केही बेरका लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । यसको केही समयपछि छोटो समयका लागि निद्रा खुल्छ अनि फेरि श्वासप्रश्वास सुचारु हुन्छ ।

अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हृदयाघात (हार्ट अट्याक)देखि लिएर दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुने डा. तामाङको सुझाव छ । निद्रामा घुर्ने समस्या छ भने यसका लागि निद्रासम्बन्धी जाँच गर्नुपर्ने हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्