काठमाडौँ, ६ असोज । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । लिगको शीर्ष स्थानमा रहेको पीएसजीको ६ खेलबाट १५ अंक रहेको छ । पराजित लियोनको भने समान खेलबाट आठ अंक मात्रै छ ।





