नेपालमै पहिलो पटक दक्षिण एशियाली नेटबल प्रतियोगित हुने

काठमाडौँ, २९ भदौ । नेपालमा पहिलो पटक दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आउँदो कार्तिक १ देखि ५ गतेसम्म लागनखेलको आर्मी फिजिकल तथा स्पोर्टर्स सेन्टरमा नेटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिप्स र श्रीलङ्काबीचका खेलाडीहरु सहभागि हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

नेटबलको प्रति ग्यम ४० मिनेटको हुने जनाएको छ ।  खेलमा श्रीङ्गापुर, श्रीलङ्का, भारत, पाकिस्थान नेपालबाट दुई÷ दुई जना गरी १० जना एम्पायरमा आउने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी बताउनुभयो ।

खेलमा भदौ २१ गते विभिन्न चरणको प्रतियोगिताद्वारा ६८ जनाबाट २२ जना खेलाडी छनोट भएका छन् भने असोज १० गते हुने खेलाडी छनोट प्रतियोगितामा १२ जना छनोड हुने जनाइएको छ ।

नेपालमा नेटबलका अन्तर्राष्ट्रिय स्त्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने उद्देश्यरले सङ्घले दक्षिण एसियाली नेटबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । अध्यक्ष बस्नेतले अहिले सङ्घले नेटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा लागि रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।